गृहपृष्ठ खबर क्वारेन्टिनमा बसेकाहरूलाई कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको “तनाव व्यवस्थापन योग प्याकेज”सेवा

क्वारेन्टिनमा बसेकाहरूलाई कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको “तनाव व्यवस्थापन योग प्याकेज”सेवा

कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र, तौलिहवाको डा. विजय भुर्तेल सहितको टोलीले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा रहेका सुपादेउराली रिसोर्ट र दुर्गा मन्दिरमा रहेका क्वारेन्टिन बाट “आयुर्वेद तथा वैकल्पिक चिकित्सा बाट कोरोना रोकथाम र नियन्त्रण” कार्यक्रम सुरुवात गरेको छ|

सुपादेउराली रिसोर्टमा २० जना र दुर्गा मन्दिरमा ७ जना निगरानीमा राखिएका सहित क्वारेन्टिन मा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी गरि करिब ४० जनाले सो कार्यक्रममा सहभागी जनाएका थिए | क्वारेन्टिनमा रहेका व्यक्तिहरु मानसिक तनाव, चिन्तामा रहेको अवस्थामा “तनाव व्यवस्थापन योग प्याकेज” मार्फत सुक्ष्म व्यायाम,योगासन, प्राणायाम,ध्यान, हास्यासन र नित्यसहितको ४५ मिनेटको अभ्यास डा. विजय भूर्तेल र बैद्य श्री राम कुमारी खड्काले गराउनु भएको थियो || तेस्तै क्वारेन्टिनमा रहेका व्यक्तिहरुलाई नियमित गुर्जो चुर्ण, आमलकी चुर्ण लगायत रोग प्रतिरोधात्मक क्षमता भएका आयुर्वेद औषधि शिवराज नगरपालिका नगर कार्यपालिकाका स्वास्थ्य शाखा प्रमुख श्री चुरामणि भट्टराईलाई हस्तान्तरण गरिएको डा. भुर्तेलले बताउनुभयो|

क्वारेन्टिनमा रहेका जेष्ठनागरिकलाई अश्वगन्धा चुर्ण, स्तनपायी आमाको लागि शतावारी चुर्ण र बच्चाको लागि दशमूल मालिस तेल पनि वितरण गरिएको  कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र ले जनाएको छ | क्वारेन्टिनमा बस्दा अल्छी लाग्ने, घरपरिवारको चिन्ता भईरहेको बेला यसरी रमाईलो योग, दिल खोलेर हास्दा र नाच्दा मन सारै भुरुंग भयो” सुपदेउराली रिसोर्ट क्वारेन्टिनमा रहेका एक व्यक्तिले बताए | महामारीको बेलामा के खाने, बिहान देखि राति सम्म कस्तो कस्तो क्रियाकलाप गर्दा स्वस्थ भईन्छ भन्ने जस्ता जीवनशैली व्यवस्थापन सम्बन्धि जानकारी पाएको दुर्गा मन्दिर क्वारेन्टिनकी एक महिलाले बताईन| प्रदेश नं ५, सामाजिक विकास मन्त्रालयले COVID 19 रोकथाम तथा व्यवस्थापनमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई प्रयोग गर्ने निर्णय गरेअनुसार कार्यक्रम अगाडी बढाईएको कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको भनाई रहेको छ|

कपिलवस्तु जिल्ला स्थित सम्पूर्ण क्वारेन्टिन स्थलहरुमा स्थानीय तहको समन्वयमा पुगी सेवा दिने लक्ष्य कार्यालयले राखेको छ |सो कार्यक्रममा नियमित योगाभ्यास, गुर्जो आदि रोगप्रतिरोधि चिया पान, अमला चुर्ण सेवन र जीवनशैली व्यवस्थापन परामर्श गरिन्छ|

सम्बन्धित् समाचार