गृहपृष्ठ खबर बर्दियामा जनप्रतिनिधि बाघको आक्रमणबाट घाइते

बर्दियामा जनप्रतिनिधि बाघको आक्रमणबाट घाइते

बाघको आक्रमणबाट बर्दियाको गेरुवा गाउँपालिका –४ का वडा सदस्य ६५ वर्षीय मायाराम खनाल गम्भीर घाइते भएका छन् । बिहीबार दिउँसो करिब ३ बजे बर्दिया राष्ट्रिय निकुञ्जको छेउमा भैँसी चराउँदै गर्दा खरमा लुकेर बसेको पाटेबाघले एक्कासी आक्रमण गरी उनलाई घाइते बनाएको हो ।

आक्रमणबाट उनको घाँटी, ढाड र छातीमा चोट लागेको स्थानीयवासी दिलबहादुर बिसीले बताए । खनाललाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा पुर्‍याइएको छ ।

सम्बन्धित् समाचार