गृहपृष्ठ खबर अपडेट : कपिलवस्तुका २ जना कोरोना संक्रमित युवक मुम्बईबाट लुक्दै नेपाल छिरेका थिए

अपडेट : कपिलवस्तुका २ जना कोरोना संक्रमित युवक मुम्बईबाट लुक्दै नेपाल छिरेका थिए

प्रदेश ५ का तीन जिल्लामा कोरोना संक्रमित भेटिएपछि त्रास बढेको छ । बिहीबार कपिलवस्तुमा २ जना कोरोना संक्रमित बिरामी भेटिएपछि प्रदेशमा थप त्रास बढेको हो । योसहित प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २६ जना पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुको मायादेवि गाउँपालिका निवासी एउटा १६ र अर्का २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य रहेको बताईएको छ । भारतको मुम्वईमा मजदुरी गरेर आएक दुई जना कोरोना पुष्टि भएको बताइएको हो । ती मजदुर सीमा नाका चाकलचौडाबाट प्रहरीलाई छलेर सीमा प्रवेश गर्न खोजेका थिए । नेपाल प्रवेश गर्न खोजेका दुई मजदुरलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको थियो । दुबै जना ७ दिन अघि लुकीछिपी नेपाल प्रवेश गर्न खोजेका थिए ।

यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । तीमध्ये २२ जना निको भएर घर फर्किएका छन् । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलका अनुसार उनीहरुलाई आईसुलेसनमा राखेर उपचार गर्ने तयारी भएको छ ।

यसअघि बाँकेमा २३ जना र रुपन्देहीमा १ जना कोरोना संक्रमित भेटिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार कपिलबस्तुमा २ जनामा कोरोना संक्रमण भेटिएको जनाएको छ । ५ नम्बर प्रदेशका १२ जिल्लामध्य तराईका ३ जिल्लामा सक्रमित बिरामी भेटिएका छन् । बिहीबार कपिलवस्तु ८ निवासी १६ र २२ वर्षका २ युवकको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।

उनीहरुलाई स्थानीयवासीले समातेर क्वरेन्टाइनमा राखेका थिए । उनीहरु दुवैको पिसीआर रिपोर्ट कारोना पोजेटिभ देखिएको पौडेलले बताए । संक्रमित दुवै जनाको स्वास्थ्यअवस्था अहिले सामान्य रहेको छ भने उनीहरुलाई बुटवलको आइसोलेसन अस्पतालमा ल्याउने तयारी भइरहको पनि प्रजिअ पौडेलले जानकारी दिए। दुई संक्रमित भेटिएपछि शुक्रबार बिहानैदेखि कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्यकर्मीहरु परिचालन गरिने प्रदेश ५ का स्वास्थ्य निर्देशक डा।विनोद गिरीले जानकारी दिए ।

सम्बन्धित् समाचार