गृहपृष्ठ खबर कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट ८ संक्रमित डिस्चार्ज, सबैलाई निगरानीमा राखिने

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट ८ संक्रमित डिस्चार्ज, सबैलाई निगरानीमा राखिने

प्रकाशित मिति:

विराटगर । प्रदेश १ मा थप ८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।  कोशी अस्पताल उपचाररत उनीहरुलाई शुक्रबार बिहान डिस्चार्ज गरिएको छ ।

दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

बुधबार मात्रै ६ जना कोरोनालाई पराजित गर्दै डिस्चार्ज भएका थिए ।  कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा अब १७ जना कोरोना संक्रमित रहेका छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको छ । प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या ३१ थियो ।

प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार डिस्चार्ज भएकामध्ये पाँचजना उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केका हुन् भने २ जना विराटनगर महानगरपालिका–१७ का बासिन्दा हुन् ।

यस्तै एक जना भारतीय नागरिक हुन् । यो सँगै नेपालमा कोरोनासंक्रमण पछि निको हुनेको संख्या ३० पुगेको छ । हाल नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।

सम्बन्धित् समाचार