गृहपृष्ठ खबर सांसद तथा कर्मचारीसहित ४४१ जनाको कोरोना रिपोर्ट नेगेटिभ

सांसद तथा कर्मचारीसहित ४४१ जनाको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं, २६ बैशाख । संघीय संसदका सांसद तथा कर्मचारीसहित ४४१ जनाको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

विहीबार संघीय सांसद र अन्यसहित ४४१ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।

संसद सचिवालयका अनुसार १७९ जना प्रतिनिधिसभा सदस्य, ३३ राष्ट्रियसभा सदस्य, २२९ जना कर्मचारी र मर्यादापालकसहित ४४१ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

विहीबार र शुक्रबार गरी जम्मा २७५ सांसदको ‘थ्रोट स्वाब’को नमूना सङ्कलन गरिएको जानकारी गराइएको छ । संघीय संसद्को छैटौं अधिवेशन शुक्रबार अपराह्न ४ बजे बस्दैछ ।

सम्बन्धित् समाचार