गृहपृष्ठ खबर कपिलवस्तुका २ कोरोना संक्रमितसंगै भारतबाट फर्केका २ जना अझै भेटिएनन्

कपिलवस्तुका २ कोरोना संक्रमितसंगै भारतबाट फर्केका २ जना अझै भेटिएनन्

कपिलवस्तुको मायादेबी गाउपालिका– २ अभिरावका  दुई  कोरोना  संक्रमितसंग आएका २ जना अझै संपर्क बिहीन छन । उनिहरू  भारतबाट ७ जनाको समुहसंगै फर्केका थिए । त्यस मध्ये ५ जना लाई पकडीको छत्रपाली तिर्था देबी उमाबिको क्वारेनाटईनमा राखिएको थियो । उता भेटिएका संक्रमतिहरु दाजुभाई रहेका पाईएको छ  ।  संक्रमित दुबै जना सहीत ७ जनाको समुह चाकरचौडा देखि नरकुलको बिचमा पर्ने खेतबाट सुरक्षाकर्मीलाई छलेर गत बैशाख २३ राति १० बजेतिर नेपाल छिरेका थिए ।

संक्रमित दुबै जनामा कोरोनाको कुनै लक्षण नदेखिएको र स्वास्थय अवस्था सामान्य रहेको गाउपालिकाका स्वास्थय संयोजक महेन्द्र यादवले बताए । अभिरावमा रहेका ५ जनाको समुह घरमा पुगे पछि स्थानीयले प्रहरी लाई खबर गरेका थिए । ५ जनाको समुहलाई १ घन्टा भित्रै स्थानीय र प्रहरीको सहयोमगा क्वारेन्टाईन पठाईएको थियो । गत मंगलवार नै मायादेबी गाउपालिको – १ स्थित छत्रपाली तीर्थादेबी उमाबिमा रहेको क्वारेन्टाईनमा रहेको उनीहरु सहीत ६५ जनाको स्वाब सलकन गरी परिक्षणकालागि काठमाण्डौ पठाईएको थियो । त्यस मध्येका १२ जनाको मात्र रिपार्ट आएको छ ।

बाकी ५३ जनको रिपार्ट आउन बाकी छ । त्यहा रहेको सबै जना भारतका बिभिन्न शहरबाट फर्केकाहरू हुन । प्रहरी उपरिक्षक जबराले चोरबाटो हुदै अभिराव पुगको ५ जना घर र अन्य मानिससंग संपर्कमा आउन नपाएको प्रारंभिक सोधपुछमा पाईएको बताए । ‘ घर फर्कैका एक दुई घन्टा भित्रै क्वारेन्टाईनमा पुर्याईएको छ ’ उनले भने । सो समुहमा आएका ७ जना मध्ये २ जना को हुन भन्ने बारे अझै पत्ता लागेको छैन । उनीहरुको समेत खोजीभईरहेको जबराले बतए ।

गाउपालिकाका स्वास्थय संयोजक महेन्द्र यादवले दुबै संक्रमितलाई शुक्रवार बिहान बुटबल स्थित कोरोना बिशेष अस्पतालमा एम्बुलेन्स मार्फत पठाईएको  बताए । छत्रपाली माविको क्वारेन्टाइनमा अहिले ६० जना व्यक्ति रहेका छन् । क्वारेन्टाइनमा अबधि पूरा गरि घर पठाइएका थप ५ जना गरी ६५ जनाको स्वाबको नमूना लिइएको थियो । मायोदबीमा कोरोना संक्रमित भेटिए पछि प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले त्यहा स्वास्थयकर्मीको बिशेष टोली पठाउने तयारी गरको प्रजिअ दीर्घनारायण पौडेलले बताए । सो टोलीको सुझाव अनुसार आवश्यक कदम चालिने उनले बताए ।

यस अघि महाराजगंज, शिवपुर र तौलिहवामा गरी ५४ जनाको स्वाब परिक्षणको रिपार्ट नेगेटिभ देखिएको प्रजिअ पौडेलले बताए ।

 

सम्बन्धित् समाचार