गृहपृष्ठ खबर एकै परिवारका २ जनामा कोरोना पुष्टि भएपछि गाउँपालिका सहित जिल्लाभर नै त्रासको वातावरण सिर्जना

एकै परिवारका २ जनामा कोरोना पुष्टि भएपछि गाउँपालिका सहित जिल्लाभर नै त्रासको वातावरण सिर्जना

प्रकाशित मिति:

एकै परिवारका २ जनामा कोरोना पुष्टि भएसंगै गाउँपालिका सहित जिल्लाबासी नै त्रसित भएका छन् ।

कपिलवस्तुमा विहिवार मात्रै एकै परिवारका २ जनामा कोरोना संक्रमित पुष्टि हो । मायादेविको तीर्थादेवि छत्रपाली पकडी स्थित क्वारेण्टाइनमा रहेका ६५ जनाको स्वाव परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा १२ जनाको रिपोर्ट आउँदा २ जना संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र भगतले जानकारी दिनु भएको छ । उहाँका अनुसार अझै ५३ जनाको रिपोर्ट आउन बाँकी रहेकाले संक्रमितको संख्या बढ्न सक्ने देखिएको हो । किनकी पकडी स्थित क्वारेण्टाइनमा वसेका अधिकांस मानिसहरु भारतवाट लुकिछिपी नेपाल भित्रिएका हुन् । यसैबीच कोरोना संक्रमित २ जनालाई बुटवल पठाइएको छ ।

मायादेवि गाउँपालिका अध्यक्ष बजरङगी प्रसाद चौधरीले अहिलेको यो संक्रमणको यस अवस्थामा पालिका भित्र थप सुरक्षा अपनाइएको बताउनुभयो । उहाँले अति नै जोखिम मोल्न परिरहेको अवस्थामा भारतबाट भित्रनेको संख्या अति नै बढ्दै गइरहेकोले जुन जुन वडाका व्यक्तिहरु पालिकामा प्रवेश गर्दछन् उही वडामा क्वारेन्टाइनमा राख्नुपर्ने आदेश दिएको बताउनु भयो ।

सम्बन्धित् समाचार