गृहपृष्ठ खबर कपिलवस्तुका तीनै जना कोरोना संक्रमित मायादेवी गाउँपालिकाका-जिल्ला स्वास्थ्य कार्यालय

कपिलवस्तुका तीनै जना कोरोना संक्रमित मायादेवी गाउँपालिकाका-जिल्ला स्वास्थ्य कार्यालय

प्रकाशित मिति:

कपिलवस्तुमा भेटिएका  तीनै जना संक्रमित मायादेवी गाउँपालिकाका रहेको खुलेको छ । गाउँपालिकाको वडा नं. १ पकडीस्थित छत्रपाली तीर्थादेवी माविको क्वारेनटाइनमा बसेका मध्ये तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

उक्त क्वारेनटाइनमा बसेका ६५ जना मध्ये सबैको स्वाव काठमाडौं पठाइएको थियो । जसमध्ये शनिबार तीन जनामा संक्रमण पुष्टि भएको हो । विहीबार पहिलो चरणमा १२ जनाको स्वाव परिक्षण गरिएको थियो । जसमा दुई जना संक्रमित देखिएका थिए । अरुको रिर्पोट आउन बाँकी थियो । जसमा शनिबार आएको रिर्पोट मध्ये तीन जनामा संक्रमण पुष्टि भएको हो

कपिलवस्तुका ३ सहित ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

सम्बन्धित् समाचार