गृहपृष्ठ खबर कपिलवस्तुको बाणगंगामा लुकिछिपि आएका फेरी १ जनालाई क्वारेनटाइनमा राखीयो

कपिलवस्तुको बाणगंगामा लुकिछिपि आएका फेरी १ जनालाई क्वारेनटाइनमा राखीयो

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिकामा भारतबाट लुकिछिपि आएका एक जनालाई क्वारेनटाइनमा राखीएको छ । भारतको मुम्बईबाट खुला नाका हुदै एक जना बाणगंगामा आएका हुन ।

उनलाई बाणगंगा नगरपालिकाको वडा नः १० पटनामा शुक्रबार राती लुकिछिपि आएको अवस्थामा वडा नः १० का वडा सदस्य रामनक्षत्र थारुले फेला पारी उनलाई अस्थायी प्रहरी चौकी मेचकुरी डाडामा पठाएका थिए । अहिले उनलाई पत्रकार गुरुदेव पौडेलको पहलमा बाणगंगाको सिद्धार्थ क्याम्पस स्थित क्वारेन्टाइनमा राखीएको छ ।

सम्बन्धित् समाचार