गृहपृष्ठ खबर कपिलवस्तुको तौलिहवा स्थित एक होटलमा भारतीय नागरिक मृत अवस्थामा फेला

कपिलवस्तुको तौलिहवा स्थित एक होटलमा भारतीय नागरिक मृत अवस्थामा फेला

प्रकाशित मिति:

कपिलवस्तु बैशाख २७
कपिलवस्तु नगरपालिका– १ आनन्दबाग स्थित होटल अरोमामा एक जना भारतीय मृत अवस्थामा फेला परेका छन । २ महिना देखि होटलमा बस्दै आएका भारतको राजस्थानका ६० बर्षिय निर्भय सिंह मृत अवस्थामा फेला परेका हुन ।

शनिवार बिहान ११ बजेतिर होटलमा सिंह मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरिक्षक सुनील मल्ले बताए । घटना स्थलमा प्रहरी पुगेर मुचल्का बनाएको र शवलाई कपिलवस्तु अस्पतालमा पोस्टमर्टकालागि लैजाने तयारी भएको उनले बताए , । कामको सिलसिलमा मृतक सिंह होटलमा बस्दै आएका थिए ।

घटनाको अझै बिस्तृत बिवरण नआएको र अनुससंधान भईरहेको प्रहरी नायब उपरिक्षक मल्ले बताए ।

सम्बन्धित् समाचार