भारतबाट लुकिछिपि आएको पाइएपछि बाणगंगा नगरपालिकाले थप सर्तकता अपनाएको छ । एकैदिन बाणगंगा नगरपालिका भित्र ४ जना भारतबाट आएकासगै ४ जनालाई क्वारेन्टाइनमा राख्नु पर्ने भएपछि नगरपालिकाले थप सर्तकता अपनाएको हो ।
बिश्वभर फेलीएको कोरोना महामारी नजिकै आईसकेकाले जोखिम झन बढेको नगरपालिकाका मेयर मगंल प्रसाद थारुले बताए । अवस्था हेर्दा थप सजग हुनुपर्ने समय आएको बताउदै घरमै सुरक्षित रहन नगरपालिकाका उप प्रमुख चक्र अर्यालले बैखरी अनलाइनलाई बताए ।
बाणगंगा नगरपालिकामा १५ जना क्वारेन्टाइनमा रहेका छन । बाणगंगा नगरपालिकाले सिद्धार्थ क्याम्पसको सभा हललाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्दै आएको छ । सम्पुर्ण नगरवासीले घरमै बसेर कोरोना संक्रमणलाई थप भयाबह बन्न नहुनदिनमा सहयोग गर्न वाणगंगा नगरपालिकाका नगर प्रवक्ता विष्णु पौडेलले वाणगंगा नगरवासीलाई आग्रह गर्नुभयो ।