महाराजगंज नगरपालिकाले नगर क्षेत्रमा कोरोना भाईरस रोकथामको लागि अहोरात्र खटिएका सुरक्षाकर्मीलाई स्वास्थय सामाग्री हस्तान्तरण गरेको छ । कोरोना बिरुद्धको अभियानमा अग्रपक्तिमा खटिएका सुरक्षाकर्मीलाई मास्क, सेनिटाईजर साबुन लागतयका सामाग्री हस्तान्तराण गरिएको हो । मेयर अब्दुल कालाम खा र प्रदेश सभाका सामाजिक विकास समितिका संयोजक र्दीर्घ नारायण पाण्डेयले संयुक्तरुपमा सुरक्षाकर्मीलाई सो सामाग्री हस्तान्तरण गरेका थिए ।
प्ल्ढछ मास्क २०४ थान,सर्जिकल मास्क १५ सय थान,सेनिटाईजर २०४ थान तथा साबुन उपलब्ध गराईएको थियो । सो अवसरमा मेयर कलामले कोरोना बिरुद्धको अभियानमा अगंपत्तिमा खटिएका सुरक्षाकर्मीलाई सहजताकालागि सो सामाग्र्री प्रदान गरिएको बताए ।
यस्तै संयोजक पाण्डेयले कोरोनाको अभियानमा असुरक्षिरुमा खटिएका सुरक्षाकर्मीलाई अब डियुटी गर्न सहज हुने बिश्वास ब्यक्त गरे । सो अवसरमा सशस्त्र प्रहरी निरीक्षक बिकास थापाले सुरक्षाकर्मीलाई समेत स्वास्थ्य सामाग्री दिएकोमा नगरपालिकालाई धन्यबाद दिदै यसले अब काम गर्र्न सहज हुने उनले बताए ।
यस्तै सिमा अलपत्र परेका ६ सय बढीलाई नगरपालिकाले खान, चिउरा लागतयका सामाग्री समेत बाडेको छ ।