कपिलवस्तुको मायादेवी गाँउपालिका १ पकडी स्थित छत्रपाली तिर्थादेवी माविको एउटै क्वारेन्टाईनका पाँच जनामा कोरोनाको संक्रमण भेटिए पनि संकमितको बसोबास क्षेत्र शिल हुन सकेको छैन् । जनशक्तिको अभाव भएपछि बिषेश गाउँ शिल गर्नमा अलमल भएको छ । स्थानीय प्रशासनले भने ति गाउँहरुमा निगरानी बढाईएको बताएको छ । प्रयाप्त जनशक्ति नभएकै कारण तत्कालै संक्रमित क्षेत्र शिल गरि हाल्ने अवस्था छैन ।
थप जनशक्तिका लागी मन्त्रालयलाई पत्राचार भएको छ । सुरक्षा श्रोतका अनुसार स्थानिय प्रशासनले गृह मन्त्रालयसँग जिल्लाको सुरक्षा सुदृढ गर्न थप ५ सय जनाको जनशक्ति माग गरेको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकिय अधिकृत मनोज सैनीले संक्रमण देखिएका क्षेत्रमा उद्योगधन्दा, कलकारखाना, निर्माण कार्य, सवारी साधन चलाउन रोक लगाईएको जानकारी दिए । लकडाउन केहि खुकुलो बनाउने क्रममा निर्माण क्षेत्र सहितका क्षेत्रको काम गर्न दिने निती भए पनि संक्रमीत क्षेत्रमा निर्माण कार्यमा पनि रोक लगाईएको हो ।
संक्रमित क्षेत्रमा अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डाक्टर यदुचन्द्र घिमिरेको नेतृत्वको दुई सदस्यिय टोली सँगै बिश्व स्वास्थ्य संगठनका प्रतिनिधीहरुले संक्रमित क्षेत्रमा संक्रमणको कन्ट्रयाक्ट टे«सिङ्ग (संक्रमण चक्र) बारे आवश्यक अध्ययन अनुसन्धान गरिरहेका छन ।
बिहिबार क्वारेन्टाईनमा राखिएका मायादेवी २ का दुई युवकमा कोरोना पुष्टी भए पछि उनीहरुलाई उपचारका लागी बुटवल पठाईएको थियो । शनिबार पुनः सोहि क्वारेन्टाईनका तिन जनामा संक्रमण पुष्टी भएको छ । फेला परेका नयाँ संक्रमितमा पुराना दुई जना सँगै आएका मायादेवी २ कै १८ बर्षिय युवक हुन । त्यसै गरि बैशाख २० गते लुकीछिपी नेपाल प्रवेश गरेका मायादेवी गाँउपालिका ८ बिजुवाका १८ बर्षिय र शुद्धोधन गाँउपालिका ६ कर्माका १७ बर्षिय युवक छन । उनीहरु दुवै पकडीकै क्वारेन्टाईनमा थिए । संक्रमित मध्य बैशाक २३ गते मध्यरातमा आएका मायादेवी २ का युवक घर नपसि सिधै क्वारेन्टाईन आए भने शुद्धोधनका युवालाई परिवारले तत्कालै क्वारेन्टाईन पठाए ।
तर मायादेवी गाउपालिका ८ का युवाले घरमा बसेर नुहाई धुवाई गरे पछि गाँउलेले देखे पछि मात्रै क्वारेन्टाईनमा ल्याईएको खुल्न आएको छ । जिल्लामा हालसम्म ¥यापिड डाईनोष्टिक टेष्ट ९आरडिटी० प्रबिधीबाट १ हजार १ सय १० जनाको परिक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्याङ्क छ । त्यसै गरि पिसिआर बिधीबाट हाल सम्म ४ सय ५३ जनाको स्वाब संकलन गरि परिक्षणका लागी पठाईएकोमा १ सय ५८ जना नेगेटिभ र ५ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।
पिसिआर प्रबिधीबाट हाल सम्म मायादेवी गाँउपालिकाका ६५ जना, माहाराजगंज नगरपालिकाका ४३ जना, शिवराज नगरपालिकामा ३७ जना, कृष्णनगर नगरपालिकामा १४ जना र तौलिहवा अस्पतालका ४ जनाको स्वाब परिक्षणको प्रतिबेदन आएको हो ।