गृहपृष्ठ खबर घटनाको खबर सुन्न बित्तिकै राहत बोकेर पुग्छन तरुणदल र नेविसंघ कपिलवस्तुका युवाहरु

घटनाको खबर सुन्न बित्तिकै राहत बोकेर पुग्छन तरुणदल र नेविसंघ कपिलवस्तुका युवाहरु

कपिलवस्तुको बुद्धभूमी नगरपालिका ५ राजपुर चौरीमा रहेको एक घरमा आगलागी हुँदा लाखौको क्षती भएको छ । खाना पकाउन बालेको आगोे सल्कदा घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो ।

आगलागिको समाचार थाह पाउन साथ तरुणदल र नेविसंघ कपिलवस्तुले सोमवार एका विहानै पिडितको घरमा राहत लिएर पुगेका छन । सेवा भावनाले जिल्ला भरि यसरि खटिरहेका युवाहरु पिडितहरुको सारथिनै बनेका छन् ।

आईतवार दिउँसो स्थानीय खिम बहादुर थापाको घरमा आगलागी भएको थियो । दिउँसो भएको आगलागी स्थानीयको सहयोगमा करिव २ घण्टा पछि नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट कुनै मानविय क्षति भएको छैन भने घरमा राखिएका लक्ताकपडा, भाँडाकुडा, खाद्यान्न काठ लगायत गरी लाखौको क्षति भएको छ । लकडाउनले समस्या परेका बेला घर जलेपछि उक्त परिवार बिचल्लीमा परेको छ। बिचल्लीमा परेकाको साहरा बनेका तरुणदल र नेविसंघका युवाहरुले लक्ताकपडा र खाद्यान्न सहयोग गरेका छन ।

 

राहत पाउन साथ पिडित परिवारलाई केहि सहज भएको भनाई छ । राहत वितरणमा तरुणदल जिल्ला सभापति शक्ति शिहं ठकुरी , नेविसंघ क्षेत्र न. १का सभापति चन्द्रकान्त पोख्रेल,महिला संघ जिल्ला सभापति मिना के सि नेविसंघका मिन थापा, रुपक खनाल, अच्युत अर्याल, कल्याण खनाल, दिपक घिमिरे, मोहन आचार्य,वसन्त के सि लगायतको उपस्थीति रहेको थियो ।

सम्बन्धित् समाचार