कपिलवस्तुमा कोरोना संक्रमितमध्ये एक जना स्वास्थ्यकर्मी भएको खुलेको छ ।
स्वास्थ्य मन्त्रालयको कोरोना रिर्पोटमा नगरपालिका वडा नं. १ को २५ बर्षीय यूवती संक्रमित भनिएको छ । ति यूवती स्वास्थ्यकर्मी भएको र कपिलवस्तु अस्पताल तौलिहवाकी स्टार्फ नर्स खुलेको छ ।
मङ्गलबार कपिलवस्तुमा कोभिड – १९ थप ८ जना पोजेटिभ पुष्टि भएकाहरु क्रमश कपिलवस्तु नगरपालिका-वाड न. ६ का बर्ष १९ पुरुष १ जना, वाड न.४ बर्ष २५ पुरुष १, वाड न.५ बर्ष ३६ पुरुष, वाड न.३ वर्ष ३२ पुरुष १, वाड न.७ बर्ष १९ पुरुष, वाड न.३ बर्ष २० पुरुष, वाड न.८ बर्ष २५ पुरुष,वाड न.१ बर्ष २५ महिला रहेका छन् ।
उनीहरुको स्वास्थ अवस्था सामान्य रहेको र थप उपचारका लागि बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पताल पठाउने तयारी हुँदै छ ।
यससँगै कपिलवस्तुमा संक्रमितको संख्या २९ पुगेको छ ।