गृहपृष्ठ खबर अतिक्रमणको बिरोधमा दाङका विभिन्न राजनैतिक दल सडकमा

अतिक्रमणको बिरोधमा दाङका विभिन्न राजनैतिक दल सडकमा

प्रकाशित मिति:

दाङ । बैशाख , ३० ।
भारतले नेपाल सरकारसँग सरोकारै नराखी नेपाली भूमी हुँदै चिनको मानसरोवरसम्म जाने बाटो निर्माण गरि उद्घाटन गरेको बिरोधमा आज दाङ्को घोराहीमा बिरोध कार्यक्रम भएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले सरकारको अगुवाइमा कुटनैतिक पहल र बार्ता मार्फत आफ्नो भुमीको रक्षा गर्नु पर्ने कुरा बताउनु भयो ।

नेपालको सिमा काली नदि भएको र त्यस यता नेपाल संग सरोकारै नगरी भारतले बाटो निर्माण गरेर उसले नेपालको राष्ट्रियता र स्वाधिनता माथी धाबा बोलेको हुँदा सम्पूर्ण नेपाली एक भएर त्यसको प्रतिरोध गर्नु पर्ने कुरामा जोड दिनु भयो । प्रहरिको अबरोधका बिचमा भएको कार्यक्रममा यसरी रोगको संक्रमण हुन सक्ने जटिल अबस्थामा सडकमा आएर बोल्न रहर नभएर देशको मायाले बाध्य भएको कुरा बताउनु भयो ।

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी रामजी थारु र नेकपा माले दाङका सचीव नेत्र प्रकाश पान्डे लगायतले मन्तब्य राख्नु भएको थियोे भने कार्यक्रमको संचालन राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य सुशील पोख्रेलले गर्नु भएको थियोे ।

सम्बन्धित् समाचार