गृहपृष्ठ खबर कपिलवस्तुमा २५ सय बढि लुकीछिपी नाकाबाट प्रवेश, क्वारेनटाईनमा ४ हजार बढि

कपिलवस्तुमा २५ सय बढि लुकीछिपी नाकाबाट प्रवेश, क्वारेनटाईनमा ४ हजार बढि

प्रकाशित मिति:

कपिलवस्तु ,३० बैशाख । कपिलवस्तुमा पछिल्लो २ दिन मै भारतका विभिन्न स्थानबाट फर्केका २५ सय बढि मानिस लुकीछिपी प्रवेश गरेका छन् । भारतमा लकडाउन खुकुलो भएपछि अहिले कपिलवस्तुका आधा दर्जन बढि सिमा नाकाबाट लुकीछिपी आउने क्रम बढेको छ ।

२ दिन अघि जिल्लाका १० पालिकामा १५ सयको हाराहारीमा क्वारेनटाईनमा थिए । मंगलबार त्यो संख्या बढेर ४ हजार ६ पुगेको प्रशासन कार्यालयले जनाएको छ । सशस्त्र प्रहरीले मंगलवार साझ सम्म सिमामा २ हजार ४ सय जना रहकेो जनाएको छ । भारत र नेपाल बिच फर्कने खोज्नेलाई त्यही देशको क्वारेनटईनमा राखने सहमति भएको थियो तर भारतीय सुरक्षा अधिकारीले भारतबाट फर्किने नेपालीलाई भगाउन थालेपछि अहिले नाकामा फर्कनेको भीँड छ ।

सबै भन्दा बढि महाराजगंजमा १ हजार २२ जना क्वारेन्टाईनमा छन् । यस्तै कृष्णगनरमा ७ सय ५५, सुद्धोदनमा ५ सय मायादेबीमा ४ सय ८६, बिजयनगरमा ३ सय ४४, शिवराजमा १ सय ९७, बाणगंंगामा ४९, यशोधरामा ३ सय ४०, कपिलवस्तुमा १ सय ८०, बुद्धभुमीमा २ सय १३, जना क्वारेनटाईनमा छन् । ती सबै भारतबाट फर्केका हुन् ।

१० पालिकामा हाल सम्म ४ हजार २६५ क्वारेनटाईन बेड छन् । ५ सय ६८ जनाको स्बाव संकलन गरिएकोमा २ सय ६३ जनाको रिपोर्ट आएको छ । जस मध्ये २९ जना संक्रमित भेटिएका छन् ।

सम्बन्धित् समाचार