गृहपृष्ठ खबर कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद कँडेलद्धारा नवलपरासीमा खुट्टाद्वारा संचालित हात धुने मेसिन हस्तान्तरण

कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद कँडेलद्धारा नवलपरासीमा खुट्टाद्वारा संचालित हात धुने मेसिन हस्तान्तरण

प्रकाशित मिति:

नवलपरासीको रामग्राम नगरपालिका परासीमा कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद देबेन्द्र राज कँडेलद्वारा नवलपरासीमा पहिलो पटक खुट्टाद्वारा संचालित हात धुने मेसिन हस्तान्तरण गरिएको छ।

कोरोना संक्रमणका अवस्थामा यस्को प्रभाव न्यूनीकरणका लागि भैरहेका अधिकतम प्रयास स्वरूप सेवाग्राहीको अधिक आवतजावत रहने स्थानहरुमा आधुनिक सुबिधासहितको हातधुने ट्यान्की कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद
कन्डेलको समन्वयमा नेपाली काङ्ग्रेस जिल्ला सभापती बिष्णु प्रसाद पौडेल बाट पृथ्वी चन्द्र जिल्ला अस्पताल, जिल्ला प्रशासन कार्यालय परासी ,जिल्ला प्रहरी कार्यालय परासी तथा महेशपुर भन्सार कार्यालयलाई सेनिटाइज ट्यांकी हस्तान्तरण गरिएको हो।

उक्त मेसिनको प्रयोगबाट संक्रमणबाट जोगिन सकिने, संक्रमण जोखिम नहुने र प्रयोग गर्न अत्यन्तै सजिलो रहेको र यसको प्रयोग संरक्षण र निरन्तरतामा सबैले भुमिका खेल्नु पर्ने जिल्ला समन्वय समिति संयोजक शिव शंकर रायले जोड दिनुभएको हो ।

कोरोनाबाट बच्न खुट्टाबाट चल्ने हात धुने मेसिन निकै उपयोगी हुने भएकाले यो मेसिन हस्तान्तरण गरिएको हो । हातले पटक पटक पानीको धारा र ह्यान्ड बास छुँदा ब्याक्टेरिया सर्न सक्ने जोखिम भएकाले खुट्टाले चलाउने प्रणाली हस्तान्तरण गरिएको नेपाली काङ्ग्रेस जिल्ला सभापती बिष्णु प्रसाद पौडेल जानकारी दिनुभएको हो ।

कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद

कन्डेलले कोरोना भाइरस (कोभिड – १९) को संक्रमण दिन प्रतिदिन बढ्दै जादा मेसिनबाट संक्रमण जोखिम नहुने र प्रयोग गर्न अत्यन्तै सजिलो रहेको र यसको प्रयोग संरक्षण र निरन्तरतामा सबैले भुमिका खेल्नु पर्ने कुरामा जोड दिनुभएको हो। खेती पातिको समय हाल भएको हुनाले किसानको लागि महत्त्वपूर्ण बिउबिजन तथा मलखाद रहेको छ ।पश्चिम नवलपरासी सहित आसपासका जिल्लामा सरकारले सुचिकृत गरेका धानको बिउ उत्पादन नहुने भएकाले हाईब्रिड बिउका लागी भारतको भर पर्नुपर्ने अवस्था रहेको जान्दाजान्दै पनि बिउको भन्सार नगरिनु दुखद भएको बताउनुभयो । अब कसैले दुख नपाउने साथै महेसपुर भन्सारमा कुनै शुल्क नलाग्ने आफुले समन्वय गरेको बताउनु भएको हो।

हात धुने मेसिन हस्तान्तरणमा प्रदेशसभा सदस्य बैजनाथ जैसवाल ,समन्वय प्रमुख शिव शंकर राय,रामग्राम उपप्रमुख रम्भा कुवर,पार्टी पदाधिकारी तथा पत्रकारहरुको उपस्थितिमा रहेको थियो।

सम्बन्धित् समाचार