गृहपृष्ठ खबर कोरोना संक्रमितको चाप बढेपछि बुटवलमा कोरोना अस्पताल विस्तार गरिने

कोरोना संक्रमितको चाप बढेपछि बुटवलमा कोरोना अस्पताल विस्तार गरिने

प्रदेश सरकारले बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पताललाई थप विस्तार गर्ने भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको मातहतमा रहेको उक्त अस्पताललाई विस्तार गरेर दुई सय शय्या थप्ने निर्णय गरिएको अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए ।

उक्त अस्पतालमा हाल ३६ सामान्य शय्या र आठ सामान्य शय्याको आइसियु मात्र छ । रुपन्देही र कपिलवस्तुमा कोरोना संक्रमित बढ्दै जाँदा कोरोना संक्रमितको चापलाई ध्यानमा राखी अस्पतालका संयोजक तथा प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीको अध्यक्षतामा आज बसेको बैठकले दुई सय शय्या थप गर्ने निर्णय गरेको अध्यक्ष भट्टराईले बताए ।

पछिल्ला तीन दिनमा रुपन्देही र कपिलवस्तुमा संक्रमित पुष्टि हुने क्रम बढेपछि उनीहरुको उपचारका लागि अस्पताललाई विस्तार गर्न थालिएको हो ।

सम्बन्धित् समाचार