गृहपृष्ठ खबर बुटवलका डिएसपी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा तानिए

बुटवलका डिएसपी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा तानिए

प्रकाशित मिति:

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराई लाई प्रदेश नं ५ प्रहरी कार्यालयमा तुलसीपुर तानिएको छ । प्रनाउ भट्टराईले प्रहरी आचरण विपरीतको काम गरेकाले प्रदेश प्रहरी कार्यालयमा तानिएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।


कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउनलगायत काममा गम्भीरतापूर्वक जिम्मेवारी निर्वाह नगरेको एवं प्रदेश तथा जिल्ला प्रहरी कार्यालयले कार्यशैली सच्याउन पटकपटक निर्देशन दिए पनि नसुधारेपछि आज उनलाई प्रदेश प्रहरी कार्यालय तानिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।

स्थानीयस्तरमा समेत प्रनाउ भट्टराईका विषयमा धेरै जनगुनासा आएको तथा प्रहरीको आचरण र निर्देशनभन्दा फरक काम गरेको उजूरी दैनिकरुपमा पर्न थालेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खडक खत्रीले भट्टराईबारे विभिन्न गुनासा आएपछि प्रदेश प्रहरी कार्यालयले तानेको बताए ।
(रासस)

सम्बन्धित् समाचार