गृहपृष्ठ खबर बाणगंगाको क्वारेन्टाइन ५९ जना, ४० जनाका लागी ओदारी माविमा क्वारेन्टाइन कक्ष बन्ने

बाणगंगाको क्वारेन्टाइन ५९ जना, ४० जनाका लागी ओदारी माविमा क्वारेन्टाइन कक्ष बन्ने

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको क्वारेन्टाइनमा ५९ जना पुगका छन । पछिल्लो तिन दिनमा थपिएका ४४ जना सहित ५९ जना पुगेका हुन । आ ७ जनालाई नेपाल भारतको सिमाबाट बाणगंगा नगरपालिकाले उद्धार गरी क्वारेन्टाइनमा राखेको छ ।
त्यस्तै बाणगंगा नगरपालिकाले ६ जना अर्घाखाचीका र ५ जना झापाका नागरिकलाईपनि उद्धार गरी सम्बन्धीत ठाउमा पठाएको बाणगंगा नगरपालिकाका प्रवतmा बिष्णु पौडेलले बताएका छन ।

सय जनासम्म अटाउने क्वारेन्टाइन सिद्धार्थ क्याम्पसमा रहेको छ भने ४० जनाका लागी ओदारी स्थीत ओदारी माविमा बनाउने तयारी भइरहेको उनले बताए । बिश्वभर फैलीएको कोरोनाको कारण कपिलवस्तु बासीमा पछिल्लो केहीदिन यता त्रास बढेर हालसम्म कपिलवस्तु जिल्लामा कोरोनाबाट संक्रमित बिरामीको संख्या ३० पुगेको छ । यसैबिच भारतबाट लुकिछिपि आउने ४ सय सहित ४ हजार ७ सय ८८ जना अहिले कपिलवस्तु जिल्ला भित्र रहेका क्वारेन्टाइनमा रहेका छन । भारतबाट नेपाल आउनेको संख्या नरोकीएकोले कपिलवस्तुमा त्रास बढेको हो ।

सम्बन्धित् समाचार