कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नं.१० ले अलपत्र परेका १ सय ५ जना नागरिकलाई उद्धार गरि व्यवस्थापन गरेको छ । भारतको महाराष्ट्र लगायत विभिन्न ठाउँबाट नगरपालिकाको वडा नं. १० भित्र लुकीछिपी प्रबेश गरेका सबैलाई गाउँमा पस्न नदिई एक विद्यालयमा उचित व्यवस्थापन गरी राखेको वडा सदस्य मुर्तजा मुसलमानले जानकारी दिनुभएको छ ।
उनीहरु सबै कामको सिलसिलाकमा भारत गएका थिए । उनीहरुले नगरपालिकाभित्र लुकीछिपी प्रबेश गरीसकेपछि कोरोना संक्रमणको उच्च जोखिम देखिएकोले हाल सबैलाई नेत्र ज्योति माध्यमिक विद्यालय सौनहावामा राखिएको बताउनुभयो ।
उनीहरुको तत्काल स्वास्थ्य अवस्था जाँचका लागि नगरपालिकासँग माग गरिएको स्वास्थ्य चौकी इन्चार्ज नन्द गोपाल बढईले बताउनुभयो । उनीहरु २५ गतेदेखि आजसम्म आफै घरबाट खाना, नास्ता, समेतको व्यवस्थापन गरेको वडा सचिव प्रेम बहादुर यादवले बताउनुभएको छ ।
यसरी अलपत्र परेका नागरिकलाई नगरपालिकाले ध्यान नदिएको भन्दै वडा सदस्य मुर्तजा मुसलमान, स्वास्थ्य चौकीका इन्चार्ज नन्द गोपाल बढई र वडा सचिव प्रेम बहादुर यादवको सक्रियातामा उनीहरुको व्यवस्थापन गरिएको बताइएको छ ।