गृहपृष्ठ खबर अपडेट : कपिलवस्तुका तीन जना सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण देखियो

अपडेट : कपिलवस्तुका तीन जना सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण देखियो

कपिवस्तुका तीन जना सुरक्षाकर्मीमा समेत कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको रिर्पोटमा ८ जनामध्ये तीन जना सुरक्षाकर्मी रहेको खुल्न आएको छ । पाँच जना भने कृष्णनगर नगरपालिकाको महेन्द्र मा.बि.को क्वारेन्टाइनमा रहेका व्यक्तिहरु भएको जानकारी आएको छ ।

बुधबार कोरोना पुष्टि भएका सुरक्षाकर्मीहरुमा एक जना शसस्त्र प्रहरी नायब निरिक्षक (सई), एक जना नेपाल प्रहरीका सई र एक जना राष्ट्रिय अनुसन्धान बिभागका असई रहेका छन् ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले पनि सुरक्षाकर्मी संक्रमित भएको पुष्टि गरेका छन् । मंगलबार मात्रै कपिलवस्तुमा एक नर्सको रिर्पोटमा कोरोना संक्रमण देखिएको थियो । उनिहरुको बैशाख २९ गते स्वाब संकलन गरिएको थियो ।

सम्बन्धित् समाचार