जेठ १ , नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीवार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौँ र कपिलवस्तुमा कोरोना संक्रमित भेटिएका थिए भने अहिले फेरि थप ५ मा संक्रमण पुष्टि भएको छ ।
कपिलवस्तुमा कुल संक्रमितको संख्या ३९ पुगेको छ ।
योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।