गृहपृष्ठ खबर झिमरुकले गर्याे बिदेशमा रहने नागरिककाे तथ्यांक संकलन

झिमरुकले गर्याे बिदेशमा रहने नागरिककाे तथ्यांक संकलन

प्रकाशित मिति:
बिमल प्रसाद पाेख्रेल ,जेठ १ प्युठान
प्युठानकाे झिमरुक गाउँपालिकाले भारत सहित तेस्रो मुलुकमा भएका आफ्ना नागरीकहरुको तथ्यांक संकलन गरेको छ । हालसम्म विश्वका २९ मुलुकमा ४ हजार सात सय ६९ जना व्यक्तिहरु रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिनुभयाे। ८ वडामध्ये सवैभन्दा बढी वडा नम्वर ७ का १ हजार २६ जना व्यक्तिहरु विदेशमा छन् ।
वडा नम्वर १ का ६ सय ८१ जना, वडा नम्वर २ का ४ सय ५७ जना, वडा नम्वर ३ का ४ सय ७९ जना, वडा नम्वर ४ का ५ सय ४३ जना, वडा नम्वर ५ का ५ सय ४३ जना, वडा नम्वर ६ का ३ सय ६७ जना र वडा नम्वर ८ का ४ सय ८० जना व्यक्ति विदेशमा रहेको तथ्यांक छ । गाउँपालिकाका सवैभन्दा बढी भारतमा तीन हजार तीन सय ४७ जना छन् । गाउँपालिकाका यूवाहरुको रोजगारको प्रमुख गन्तव्य भारत नै रहेको उक्त तथ्यांकले समेत देखाएको छ ।
अस्ट्रेलिया, अफगानिस्तान, इराक, ओमान, कतार, जापान, कोरिया, बेलायत, डेनमार्ग, ग्रिस, नर्वे, पोल्याण्ड, पर्चुगल, अल्जेरिया, क्यानडा, हाइटी, साइप्रस लगाएत मुलुकमा झिमरुकबासी पुगेका छन् । केही व्यक्तिहरु पढाईका शिलशिलामा पुगेपनि बहुसंख्यक रोजगारीकै लागि पुगेको सम्वन्धित वडाका जनप्रतिनिधीहरुले बताएका छन् ।
कोरोनाको त्रास फैलिइरहेको बेला गाउँका नागरीकहरु विदेशमा कति रहेछन् भन्ने बुझ्नका लागि र थप रणनीति बनाउनका लागि तथ्यांक संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत भुसालको भनाई छ । ‘विदेशमा रहेकाहरुको बारेमा नेपाल सरकारले रणनीति बनाउन परेपनि यसले सहज बनाउने छ’,उनले भने,‘विदेशिएकालाई स्वदेश फर्काउनका लागि पनि सजिलो बनाउँछ ।’

सम्बन्धित् समाचार