गृहपृष्ठ खबर संक्रमितको संख्या २४९, थप तीन जनामा कोरोना संक्रमण

संक्रमितको संख्या २४९, थप तीन जनामा कोरोना संक्रमण

प्रकाशित मिति:

थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला संक्रमित भएका मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ ।

सम्बन्धित् समाचार