गृहपृष्ठ खबर दाङको क्वारेन्टाईनमा जन्मिएका जुम्ल्याहा शिशुको कोरोना रिपोर्ट नेगेटिभ

दाङको क्वारेन्टाईनमा जन्मिएका जुम्ल्याहा शिशुको कोरोना रिपोर्ट नेगेटिभ

दाङको तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाइनमा रहेका बेला जन्मिएका जुम्ल्याहा शिशुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । वडा नं १३ निवासी अनिता यादवका दुई छोरीको स्वाब परीक्षण रिपोर्ट आज नेगेटिभ आएको हो । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनीहरुको स्वाब परीक्षण गरिएको हो । यसअघि अनिताको रिपोर्ट ‘नेगेटिभ’ आएको थियो ।


जुम्ल्याहाको तुलसी बाल अस्पताल, तुलसीपुरको आइसियुमा राखेर उपचार भइरहेको छ । तिनले आज अपराह्न आमाको दूध खाएका छन् । उनीहरुलाई आइतबार घर फर्काइने जनाइएको छ । यस्तै दाङका २५ पत्रकारको स्वाब परीक्षण रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ । प्रतिष्ठानले आज ९४ जनाको स्वाब परीक्षण रिपोर्ट सार्वजनिक गरेकामा सबैको रिपोर्ट नेगेटिभ आएको कायममुकायम कैलाश देवले बताए ।

रासस

सम्बन्धित् समाचार