कपिलवस्तुको विजयनगरमा शुक्रवार १ वडाध्यक्ष, १ एम्बुलेन्स चालक र १ ट्रयाक्टर चालकसहित ४५ जनाको स्वाब संकलन गरिएको छ । गाउँपालिकाको वडा ६ मा रहेको राम शरण आधाभुत विद्यालयको क्वारेन्टाइनमा रहेका एक जना ३२ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएपछि उनीसँग कन्ट्रयाक्ट ट्रेसिङ्गमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरिएको हो ।
कन्ट्रयाक्ट ट्रेसिङ्गमा रहेकाको स्वाब संकलन गरी प्रदेश नम्बर ५ को भैरहवा स्थित जनस्वास्थ्य प्रयोगशालामा कोरोना परिक्षणका लागि पठाईएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारीले बताउनुभएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार गाउँपालिकाको क्वारेनटाइनमा रहेका ४५ जनाको स्वाब संकलन गरिएको हो । हालसम्म क्वारेन्टाइनमा रहेका जम्मा ५ सय ४ जना मध्ये ४५ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि भैरहवा पठाईएको छ भने ४ सय ५९ जनाको बाँकी रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
पहिलो चरणमा ५० जनाको स्वाब संकलन गरिएकोमा सबैको पिसिआर परिक्षण नेगेटिभ आएको थियो । गाउँपालिकाभित्र एक जनामा कोरोना पोजेटिभ देखिएसँगै उच्च सावधानी अपनाइएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा बताउनुभयो ।