कपिलवस्तु ,३ , जेठ ।
कपिलवस्तुको मायादेवीमा भेटिएका ५ जना कोरोना संक्रमितको सम्पर्कमा आएका १७ जनामा कोरोना नभएको पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कपिलवस्तुको मायादेवी गाउँपालिका छत्रपाली तिर्थादेवी मा. वि. क्वारेन्टाइनबाट ५ जना कोविड १९ पोजेटिभ केसको खोजपताल ( case investigation and contact traceing) मार्फत १७ जनाको २०७७/०१/३१ गते संकलन गरिएकोमा सबै नमुना नेगेटिभ आएको छ ।