गृहपृष्ठ खबर  भारतबाट लुकिछिपी आएका थिए कपिलवस्तु शिवराजका तीनै जना कोरोना संक्रमित

 भारतबाट लुकिछिपी आएका थिए कपिलवस्तु शिवराजका तीनै जना कोरोना संक्रमित

प्रकाशित मिति:

कपिलवस्तुमा थपिएका कोरोना भाइरस (कोभिड–१९) का तीन जना संक्रमित एक साताअघि भारतबाटै लुकिछिपी नेपाल प्रवेश गरेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शिवराज नगरपालिकाका २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ३४ वर्षका पुरुष वडा नम्बर ११ का हुन् भने २५ र ४४ वर्षका पुरुष वडा नम्बर ८ का हुन् । उनीहरु लकडाउनको समयमा लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।

उनीहरुलाई पुरानो छाला कारखानामा बन्दै गरेको सुपा देउराली रिसोर्टको क्वारेन्टाइनमा राखिएको थियो ।
कोरोना संक्रमण पाइएपछि अब दाङको बेलझुण्डी कोरोना अस्पताल पठाउने तयारी भइरहेको छ ।

 

सम्बन्धित् समाचार