गृहपृष्ठ खबर कपिलवस्तु बाणगंगाका मनकारी वडा सदस्य सारु, बर्षभरिको तलवभत्ता बिकासमा

कपिलवस्तु बाणगंगाका मनकारी वडा सदस्य सारु, बर्षभरिको तलवभत्ता बिकासमा

प्रकाशित मिति:

स्थानीय, पदेश र संघीय सरकारका जनप्रतिनिधिहरु सेवा सुविधाभोगी बन्दै गएका छन् । जनता जनार्धन भन्ने नारा सहित चुनावमा होमीएका नेताहरु अहिले विजयी भएपछि आफ्नै सेवा सुविधा बढाउनमा केन्द्रित बनेका छन् । तर सेवा सुविधाभोगी जनप्रतिनिधिको भिडमा केहि मनकारी जनप्रतिनिधि पनि भेटिएका छन् ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः १ का सञ्जु सारुले भने बर्षभरीको तलवभत्ता सामाजिक बिका निमार्णका काममा लगाएका छन । बिशेष गरेर वडा नः १ को उपटहवा क्षेत्रमा हुने बिका निमार्णका काममा उनले आफनो तलव भत्ता लगाउने गरेका हुन । मासिक रुपमा पाउने करिव ८ हजार तलव र भत्ता उनले बिकास निमार्णमा लगाउने गरेकाले उनी गाउमा रुचाइएका जनप्रतिनिधिमा गनिएका छन ।

वडा भित्रका गरिव बिद्यार्थीहरुलाई निशुल्क पढाउने योजना अव आफनो रहेको उनी बताउछन । वडा सदस्य शारुले जस्तै जनप्रतिनिधिले आफनो केही मात्रमा भएपनि तलव भत्ता सामाजिक काममा लगाए राम्रो हुने बरिष्ठ समाजसेवि दोलकराम घिमिरे बताएका छन । शारु काग्रेस कोटाबाट स्थानिय तहको चुनावमा सबैभन्दा बढि मत पाएर बिजयी भएका थिए ।

सम्बन्धित् समाचार