गृहपृष्ठ खबर नेपाली सेनाका २ सदस्यमा कोरोना पुष्टि

नेपाली सेनाका २ सदस्यमा कोरोना पुष्टि

प्रकाशित मिति:

नेपाली सेनाका दुई जना सदस्यमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।शनिबार(आज) काभ्रेका २६ वर्षीय पुरुष र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । उनीहरु दुवै जना नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय धनुषामा कार्यरत थिए ।
उनीहरु दुवै जनालाई सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा ल्याइँदैछ।

 

यो संगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २७८ पुगेको छ । तीमध्ये २२४ पुरुष र ५४ जना महिला हुन् । यसरि आज२४ घन्टामा पीसीआर विधिबाट तीन हजार ५७९ ओटा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर १६ हजार ३६६ जना ‘क्वारेन्टाइन’मा रहेका छन् । ३२० जना ‘आइसोलेसन’मा रहेका छन् ।काठमाडौं उपत्यकाभित्र ३२ जना आइसोलेसनमा रहेका छन् । यो अहिलेसम्मकै बढी हो ।अहिलेसम्म संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन् ।

सम्बन्धित् समाचार