कपिलवस्तु जिल्लामा कोभिड – १९ अर्थात कोरोना भाईरस संक्रमणले बिकराल रुप लिंदै आएपछि कपिलवस्तु जिल्लामा नै चुनौती थपिएको छ । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा समेत कोरोना भाईरस संक्रमण पुष्टि भएसंगै थप चुनौतीको बिषय भएको हो ।
कोरोना भाईरस संक्रमणको गती समुदाय स्तरमा फैलिंदै जाँदा कारागार कार्यालय कपिलबस्तु संक्रमणको उच्च जोखिममा रहेको छ । यस्तै शसस्त्र प्रहरी तर्फ करिव ३० जना र नेपाल प्रहरी तर्फ करिव १५ जना सुरक्षाकर्मीहरुले कारागारमा सुरक्षा दिईरहेका छन् । उनिहरुलाई कारागार परिषर भन्दा बाहिर समेत डिउटीमा खटाईने हुँदा फैलिदो कोरोना संक्रमणले नभेटाउला भन्न सकिदैन ।
तर चार दिवाल भित्र सुरक्षाका घेरा भित्र राखिएका ती बन्दी तथा थुनुवाहरुलाई संक्रमण हामीहरुबाटै सर्न सक्छ । त्यो समयमा उनिहरुलाई कसरी संरक्षण गर्न सकिएला भन्ने बिषयले जोखिम तुल्याएको छ । नयाँबन्दी भित्राउँदा पहिल्यै देखि कारागारमा रहेका कैदीहरुले कोरोना भाईरसको संक्रमण नभएको बिषयमा आफूहरु बिश्वस्त हुन चाहेको जेलर राकेश पाण्डेले बताए ।
यस्तै अहिले कारागारमा खटिएका सुरक्षाकर्मीहरुलाई बिभिन्न क्वारेनटाईनमा नखटाउनका लागि कारागार कार्यालय कपिलबस्तुले जिल्ला प्रशासन कार्यालय कपिलबस्तुसंग अनुरोध गरिएको जेलर पाण्डेले बताए । कार्यालयका केही कर्मचारी तथा कारागारमा खटिएका सुरक्षकर्मीहरुको निवास कागारागार परिषर भन्दा बाहिर भएकोले कारागार क्षेत्रमा संक्रमणको जोखिम बढ्ने सम्भावना रहेको छ ।
कारागार कार्यालयमा ४ सय ३३ जना कैदी बन्दी तथा थुनुवा बन्दीहरु रहेका छन् । उनिहरुकालागि खाद्ध सामाग्री र हरियो तरकारी लगायतका सामानहरु ल्याउन दैनिक बाहिर जानै पर्ने हुन्छ । कारागारमा भित्राउने खाद्यान्य तथा तरकारी लगाएतका सामानका स्वास्थ्य सुरक्षा मिलाउन अहिलेको समयमा चुनौती पूर्ण रहेको छ ।
थुनुवाहरुलाई आबश्यकता अनुसार अदालतमा लैजान पर्छ , बिरामीपरे अस्पत्ताल पु¥याउनु पर्छ , नया थुनुवाहरु आउँछन् । क्वारेनटाईनमा १४ दिन सम्म राखिन्छ त्यसपछि सामान्य परिक्षण गरेर अन्य कैदीबन्दी संग मिसाईन्छ । पिसीआर परिक्षणको त कुरै छाडौ अहिले सम्म आरडिटी परिक्षण समेत उपलब्ध भएको छैन । जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुमा आरडिटि परिक्षण किटको माग गरिएको कारागार कार्यालयले बताएको छ ।
हरेक नागरिकहरुलाई बाँच्न पाउने अधिकार हुन्छ । कोरोना भाईरस संक्रमणले बिसम परिस्थीती ल्याए संगै जिल्लामा असंगठित मजदुरहरुका सवालमा कुरा उठान भए , सिमाक्षेत्रमा भारतदेखि आएका अलपत्र नेपालीहरुको समस्याका बारेमा उठान गरियो तर सरकारले गरेको लकडाउन १ महिना २२ दिन बिति सक्दा कारागारप्रति कसैको नजर नपुग्नु दुखको कुरा भएको कपिलबस्तु नागरिक समाजका अध्यक्ष दोलक बहादुर पछाईले वताए । परिस्थीतीका बावाजुद कारागारमा रहेका थुनुवा बन्दीहरु र उनिहरुलाई सुरक्षा दिने सुरक्षाकर्मीहरुको पिसिआर परिक्षणमा ध्यान जान जरुरी भएको अध्यक्ष पछाईको भनाई छ ।
यस्तै उनिहरुलाई खानकालागि तोकिएको रासन र सुकी त सरकारले दिएको छ । यस परिस्थीतीमा रोग संग सुरक्षित रहन्छन् भन्न सकिदैन । तर महामारी परिस्थितीमा सुरक्षाकर्मी , कर्मचारीहरु र बन्दकक्षमा रहेका थुनुवा तथा बन्दीहरुको पिसिआर परिक्षण गर्न आबश्यक भएको ईन्सेक प्रतिनिधी पार्बती आचार्यले बताईन् ।