गृहपृष्ठ खबर कृष्णनगरका आठ जनामा कोरोना पोजेटिभ देखिएकाको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरियो

कृष्णनगरका आठ जनामा कोरोना पोजेटिभ देखिएकाको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरियो

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा शनिवार सशस्त्र प्रहरी १ सय ५२ जना, जनपद प्रहरी ७२ जना, अनुसन्धान १ जना, सञ्चारकर्मी, जनप्रतिनिधि, राजस्व कर्मचारी गरी अन्य २६ जनाको स्वाब संकलन गरिएको छ ।

नगरपालिकामा ८ जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुसँग कन्ट्रयाक्ट ट्रेसिङ्गमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरिएको हो । कन्ट्रयाक्ट ट्रेसिङ्गमा रहेकाको स्वाब संकलन गरी प्रदेश नम्बर ५ को भैरहवा स्थित जनस्वास्थ्य प्रयोगशालामा कोरोना परिक्षणका लागि पठाईएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख अनिल कुमार विश्वकर्माले जानकारी दिनुभएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार २ सय ५० जनाको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि भैरहवा पठाईएको कोरोना फोकल पर्सन कुमार थापाले बताउनु भएको छ ।

सम्बन्धित् समाचार