भारतको विभिन्न ठाउँमा रोजगारीको शिलसिलमा गएका नेपालीहरु लुकीछिपी आएका नेपालीहरु यतिवेला सिमामा अलपत्र अवस्थामा छन् । त्यस्ता अलपत्र नेपालीहरु विजयनगर गाउँपालिकाको जङ्गलको बाटो भएर आइरहेको अवस्थामा नगर प्रहरीले गाउँपालिकाकालाई सूचना दिए लगत्तै अलपत्र भेटिएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा ल्याई राखेको थियो ।
उनीहरु भारतको विभिन्न ठाउँबाट नेपाल प्रवेश गरी घोराही र प्युठान पैदल हिडेर जना लागेका थिए । गाउँपालिका अध्यक्ष थापाले उहाँहरुलाई खाना क्वारेन्टानमै खाना बस्नको व्यवस्था गर्नु भएको थियो ।
यता गाउँपालिका अध्यक्ष थापाले बिहानै सम्बन्धित पालिकाहरुको प्रमुखहरुसँग सम्पर्क समन्वय गरी सबैलाई २ वटा ट्रेक्टरमा भालुवाङसम्म पु¥याएको थापाले बताउनुभयो ।
उप–महानगरपालिका घोराही दाङका र प्युठान माण्डवी गाउँपालिकाका गरी ४१ जना नेपाली नागरिकलाई गाउँपालिका अध्यक्ष थापाले उहाँहरुको गन्तव्यसम्म पठाएको बताउनुभयो ।