कपिलवस्तु जिल्लामा अधिकांश क्वारेन्टाइनको बिजोग देखिएको छ । दक्षिण क्षेत्रमा निमार्ण गरिएका क्वारेन्टाइनको अवस्था बिजोग देखिएको हो । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकाको वडा नः ४ स्थीत लौसा गाउमा भारतबाट लुकिछिपि आएका ३५ जनालाई गाउलेले त्रिपाल टागेर गाउकै खेतमा क्वारेन्टाइनका नाममा राखेको पाइएको छ ।
भारतबाट लुकिछिपि आएपछि गाउलेकै पहलमा उनीहरुलाई क्वारेन्टाइनमा राखेतापनि खाने र चेकजाच गर्ने कुनै बयवस्था हुन नसकेको क्वारेन्टाइनमा बस्नेहरु बताउछन ।
यस बिषयमा कपिलवस्तु नगरपालिकाका वडा नः ४ का वडा अध्यक्ष रविन्द्र तिवारीले १० दिन अघि आएका करिव सय जना बढिलाई वडाका बिभिन्न क्षेत्रमा आफनै पहलमा त्रिपालमा राखीएको बताए । तर उनीहरुलाई कुनै पनि चेकजाच गर्ने काम नभएको स्वीकार गर्दै यसका लागी सबैले पहल गर्न समेत आग्रह गरेका छन ।
दिनभर त्रिपालमा बसेका नागरिक लुकेरै रातको समयमा घरमा गएर बस्ने गरेकाले वडा नः ४ नै त्रसित बनेको हो ।