गृहपृष्ठ खबर बाणगंगा ठाकुरापुरका समाजसेवि भट्टराई भन्छन “अब अलि ढुक्क भयौं ”

बाणगंगा ठाकुरापुरका समाजसेवि भट्टराई भन्छन “अब अलि ढुक्क भयौं ”

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ४ ठाकुरापुरकी ६ बर्षिय बालिकामा कोरोना पोजटिभ देखिए पछि त्रसित बनेका ठाकुरापुर बासिहरु अलि भएपनि ढुक्क भएको बताएका छन । स्वाब संकलनमा गर्न भनि पुगेका बरिष्ठ समजसेवि कृष्ण भट्टराईले आफुहरु सुरक्षित भएको कुरा वैखरी अनलाईनलाई सुनाए ।

 

कोरोना संक्रमित बालिकाको हजुरबुवा र आमाको रिपोर्ट कोरोना ‘नेगेटिभ’ आएसंगै ठाकुरापुर बासिहरुमा केहिहद सम्म भएतापनि आफुहरु सुरक्षित छौ भन्ने लागेको छ भन्दै भट्टराईले अब आतिनु पर्ने अवस्था नरहेको बताएका छन् । बालिकाको स्याहार सुसारमा लागेका परिवारमै नेगटिभ देखिए पछि हामिहरु ढुक्क भएका हौं ।

यसरि बालिकामा कोरोना देखिनु राम्रोत होईन तैपनि उनिमामात्रै संक्रमण कसरि भयो ? यसले सबै नगरबासिहरु लाई दुखित तुल्याएको वैखरी अनलाईनका प्रधान सम्पादक संगको कुराकानिमा बताएका हुन् ।

सम्बन्धित् समाचार