गृहपृष्ठ खबर कालीगण्डकीमा एम्बुलेन्स खस्यो, चालक बेपत्ता

कालीगण्डकीमा एम्बुलेन्स खस्यो, चालक बेपत्ता

मुस्ताङदेखि सुत्केरी लिन पोखरातर्फ आउँदै गरेको एम्बुलेन्स कालीगण्डकी नदीमा खसेको छ । एम्बुलेन्सको अवशेष कालीगण्डकीमा देखिए पनि चालक भने बेपत्ता छन् ।

मुस्ताङको थासाङ गाउँपालिकाबाट पोखरातर्फ आएको १ झ ३११ नम्बरको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोट भन्ने ठाउँमा बेनी जोमसोम सडकबाट एक सय मिटर तल कालीगण्डकीमा खसेको हो ।

एम्बुलेन्स चालक थासाङ गाउँपालिका–४ का सुजन बिक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायक उपरीक्षक डीएसपी किरणजंग कुवँरले जानकारी दिए ।

‘एम्बुलेन्सको केही अवशेष भेटिएको छ । बेपत्ता चालकको ‘नेपाल प्रहरी, सेना र शसत्रको टोली खोजी कार्यमा लागिरहेको छ ।’ एम्बुलेन्समा चालकमात्र रहेको बताईएको छ ।

सम्बन्धित् समाचार