गृहपृष्ठ खबर एकल र असाहय परिवारको सारथि बन्दै नेविसंघ र तरुणदल कपिलवस्तु

एकल र असाहय परिवारको सारथि बन्दै नेविसंघ र तरुणदल कपिलवस्तु

प्रकाशित मिति:

नेपाली कांग्रेस बाणगङ्गा वडा नं.३ कार्यसमितिको आयोजनामा २६ परिवारलाई खाद्यान्न झुल लगायतका सामाग्री हस्तान्तरण गरिएको छ । नेपाल तरुण दल कपिलवस्तु र नेविसंघ क्षेत्र नं.१ को सहयोगमा बाणगङ्गा वडा नं. ३ भित्रका अति बिपन्न परिवार, एकल, असाहय र अशक्त २६ परिवारलाई खाद्यान्न झुल लगायतका सामाग्री हस्तान्तरण गरिएको हो ।

अशक्त परिवारलाई र वृद्धलाई घरमै गएर उनिहरुलाई दोसल्ला ओढाएर सम्मान गर्दै झुल समेत हस्तान्तरण गरिएको छ । जो बिपन्न परिवार छन् ती परिवारलाई बाणगङ्गा ३ गङ्गौली वडा सभापति खिमानन्द पाण्डेको घरमा बोलाई खाद्यान्न दाल, चामल, नुन, तेल झुल लगायतका सामाग्री हस्तान्तरण गरिएको छ ।

 

कार्यक्रममा नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले नेविसंघ र तरुण दल सदैव जनताको साथमा रहेको बताउँदै विद्यार्थीका हक हितमा मात्र हैन सामाजिक कार्यमा समेत अग्रसरताका साथ लागि परेको बताउनुभयो । आफु दिन रात नभनी खटिराखेका छाँै । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसले गर्दा देश नै लकडाउन भएका बेला आफुहरु बिपन्न परिवारको चुलो बल्नु पर्छ भन्दै लागि परेको बताउनुभयो । सरकारले केहि नगरी लकडाउन त घोषणा गर्यो तर ती बिपन्न परिवारलाई कसरी उनिहरुको घरमा चुलो बाल्ने भन्ने नसोचेको भन्दै नगरपालिका, प्रदेश सरकार भन्दा अघि नै आफुहरुले ती परिवारको घरमा चुलो बाल्न लागिपरेको स्पष्ट पार्दै कुनै पनि परिवार पिडामा रहनुहुन्न कोरोना रोग भन्दा ठुलो शत्रु भोक रहेको बताउदै आफुहरु भोकमा परेकाका लागि सहयोग गर्दै आएको दावी गर्नुभयो ।

यस्तैगरी नेपाल तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरीले देश यस्तो अवस्थामा रहँदा त्यसै बस्न नसकिएको र बिपन्न परिवारलाई सहयोग गर्नुपर्छ भनेर पार्टी ब्यक्ती बिशेष नहेरी जो बिपन्न छन् ती परिवारलाई सहयोग गर्दै आइरहेको बताए । यहि समयमा ती असाहय अशक्त र वृद्ध परिवारलाई सम्मान गर्दै उनिहरुको भुमिका समाज परिवर्तनका लागि अमुल्य रहेको बताउनुभयो । साथै उहाँले देश र जनताका लागि केही गर्नुपर्ने हामी युवाले नै हो ,यस्तो अवस्थामा पनि रोग सङ्ग लड्दै आफु र आफ्नो परिवारको समेत प्रवाह नगरी आफुहरु लागि परेको बताउनु भयो ।

सो कार्यक्रममा वडा सभापति खिमानन्द पाण्डेले सम्पुर्ण सहयोगिलाई धन्यवाद दिदै आगामी दिनमा पनि थप यस्तै कार्यक्रम लिएर अगाडि बढने र नेपाली कांग्रेस सधैवा ती बिपन्न असाहय अशक्त परिवार सङ्गै रहेको बताउनु भयो। झुल लगायतका सामाग्री ने.का.का नेता राजन पाण्डेले सहयोग गर्नुभएको थियो । उहाँले यस्तो बिपत्ती सङ्गै ती परिवारलाई केही भए पनि राहत मिल्नेछ भनी सहयोग गरेको बताउनु भयो । कार्यक्रममा बिपन्न परिवारले सहयोग पाईसकेपछी खुसी ब्यक्त गर्दै हाम्रो पिडामा साथ दिनुभएकोमा गङ्गौली निवासी धनबहादुर परियारले धन्यवाद समेत ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा वृद्धहरुलाई सम्मान गरेपछि उहाँहरुले नेपाली कांग्रेसले सम्झेकोमा हृदय देखि नि आभार प्रकट गरेका छन् । नेविसंघ र तरुण दल पहिले देखि नै सामाजिक कार्यमा लाग्दै आइरहेकोमा अहिले यो लकडाउनका बेला पनि खाद्यान्न लगायतका सामाग्री बिपन्न परिवारलाई सहयोग गर्दै वृद्धहरुलाई सम्मान कार्यक्रम गरिएको छ भने असाहय र अशक्त बिपन्न परिवारको साहारा बन्दै आएको छ ।

कार्यक्रम वडा सभापति खिमानन्द पाण्डेको अध्यक्षता, नेपाल तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरीको प्रमुख आतिथ्यता, नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलको बिशिस्ट आतिथ्यता रहेको थियो । त्यसैगरी तरुण दलका जिल्ला सदस्य कृष्ण पराजुली, नेकाका नेता राजन पाण्डे लगायत नेविसंघ तरुण दलका नेता कार्यकर्ताको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।

सम्बन्धित् समाचार