कपिलवस्तु ५ जेठ
संक्रमित नर्स संग संपर्कमा रहेका कपिलवस्तु अस्पतलका नौे डाक्टर तथा संक्रमितका परिवारका सबै जनाको रिपोर्ट नेगेटिभ आए पछि बुधवार देखि नै अस्पताल संंचालनमा ल्याउने तयारी गरिएको छ ।
स्बाव संकलन गरिएका १ सय ११ जनाको रिपोर्ट नेगेटिभ आएकाले बन्द रहेको अस्पताल बुधवारबाट संचालन हुने भएको हो ।अस्पतालका निमित्त मेसु डाक्टर गणेश क्षेत्रीले नर्ससंग संपर्कमा रहेको सबैको रिपोर्ट नेगेटिभ आए पछि अस्पताललाई डिसईन्फेक्ट गरी संचालन गरिने बताए ।
‘ सबैको रिपार्ट नेगेटिभ आएकाले आवश्यक सरसफाई र डिस र्ईन्फेक्ट गरी संभवतः बुधवार देखि नै अस्पतालका सबै सेवा सुचारु गर्नेछौ ’ उनले भने । नर्स संक्रमित भए पछि अस्पतालमा आकस्मिक र प्रसुती सेवा बाहेक सबै सेवा बन्द छ । कोरोेनको संक्रमण फैलन नदिन अस्पतालमा अरु सावधानी अपनाईने डाक्टर क्षेत्रीले बताए ।
एक सय ११ मध्ये ८८ जनाको आइतवार र २३ जनाको सोमवार रिपोर्ट आएको हो ।