आश्रय विहिन बालबालिकाको क्षेत्रमा आफ्नो जीवन समर्पण गर्दै आएका कपिलवस्तु बाल गृहका प्रमुख राम प्रसाद अर्याललाई अमेरिका स्थित एक संस्थाले कोभिड १९ हिरो अवार्ड बाट सम्मान गर्ने भएको छ । अमेरिकामा क्रियाशील रहेको हामी ग्लोबल नेपाली नामक संस्थाले गृहका प्रमुख अर्यालले बालबालिका, समाज विकास र कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा सक्रृताका साथ मानवीय कार्य गरेको भन्दै सम्मान गर्न लागिएको हो ।
समाजिक व्यक्तित्व अर्यालले आश्रय विहिन बालबालिकाको स्याहार तथा पालन पोषणको क्षेत्रमा र पशुपति आश्रममा रही समाज सेवामा अमूल्य सेवा गरे वापत उहांलाई कोभिड १९ हिरो अवार्डले सम्मान गर्न लागिएको हामी ग्लोबल नेपाली नामक संस्थाका अध्यक्ष अमृत लामाले बताए । कोरोना संक्रमण अन्त्य पछि सो सम्मान प्रदान गरिने अध्यक्ष लामाले बताए ।