नेपाली सेनाले खरिदको जिम्मा पाएको केही औषधी र उपकरण नेपाल आइपुगेको छ ।
सेनाले गरिद गरेको कुल २ सय ४२ टन औषधीमध्ये झण्डै ४० टन हवाइजहाजमार्फत ल्याउने सम्झौता भएको थियो । मंगलबार नेपाल एअरलाइन्सको वाइडबडी जहाजमार्फत चीनको ग्वान्झाउबाट झण्डै १९ टन अत्यावश्यक औषधी तथा उपकरण नेपाल आइपुगेको हो ।
सम्झौता अनुसार फ्ल्यास फ्रेट लजिस्टिक कम्पनीले मंगलबार औषधी तथा उपकरण ल्याएको हो । अर्को जहाज पनि छिट्टै चीन जाने तयारी रहेको सेनाले जनाएको छ । सेनाले जहाजमार्फत औषधि ढुवानीको लाग झण्डै ४ करोड रुपैयाँ मा र झण्डै ३ करोडमा स्थलमार्गबाट ढुवानीको सम्झौता गरेको थियो । स्थलमार्गमार्फत पनि पहिलो चरणमा १० कन्टेनर सामान नेपाल आइसकेको छ । अरु सामान बाटोमा रहेको छ ।
नेपाली सेनाले १ करोड ८४ लाख ४१ हजार डलर अर्थात झण्डै २ अर्ब २५ करोड रुपैयाँको ३ सय ४२ टन औषधी र उपकरण ल्याउन चीनको चाइना सिनोफार्म इन्टरनेसनल कर्पोरेसनसँग सम्झौता गरेको थियो ।
यस्तै भारतसँग १ करोड ५० लाख भारु अर्थात २ करोड ४० लाख रुपैयाँमा ५३ प्रकारका औषधी किन्न सम्झौता भएकोमा भारतबाट पनि छिटै नै ल्याउने तयारी भइरहेको छ ।