गृहपृष्ठ खबर भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट ‘नेगेटिभ’

भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट ‘नेगेटिभ’

चितवनको भरतपुर अस्पतालमा मृत्यु भएका ६८ वर्षका वृद्धमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

मंगलबार अस्पतालको आईसीयू कक्षमा उपचाररत रौतहटको परोहा नगरपालिका– ८ का एक वृद्धको मृत्यु भएको थियो ।

ती वृद्धलाई कोरोना संक्रमण भएको आशंकामा भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा संक्रमण नभएको पाइएको भरतपुर अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासको समस्या भएपछि आइतबार राति ९ बजे भरतपुर अस्पतालमा भर्ना गरिएका वृद्धलाई क्यान्सर भएको आशंकामा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल रेफर गरिएको थियो । तर उनको भरतपुर अस्पतालमै मृत्यु भयो ।

सम्बन्धित् समाचार