गृहपृष्ठ खबर भक्तपुरका संक्रमित काठमाडौं महानगरको फोहोरमैला बोक्ने गाडी चालक

भक्तपुरका संक्रमित काठमाडौं महानगरको फोहोरमैला बोक्ने गाडी चालक

प्रकाशित मिति:

काठमाडौँ — मंगलबार कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुष्टि भएका भक्तपुर निवासी काठमाडौं महानगरको फोहोरमैला बोक्ने गाडी चालक भएको खुलेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सबिन प्रधानका अनुसार भक्तपुर नगरपालिका–५ भेलुखेलका ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

परिवारसँगै बस्दै आएका ती पुरुषलाई मंगलबार राति नै सशस्त्र प्रहरी अस्पताल बलम्बु पुर्‍याएको र परिवारको अन्य सदस्य निगरानीमा रहेको प्रहरीले जनाएको छ । महानगरले सफाइ मजदुरको कोरोना परीक्षण गराउने क्रममा ती पुरुषमा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि भक्तपुर–५ भेलुखेल क्षेत्र सिल गरेको एसपी सबिन प्रधानले बताए ।

सम्बन्धित् समाचार