गृहपृष्ठ खबर प्रशासन र वाणगंगा नगरपालिकाले अनुमति दिदां समेत वाणिज्य बाहेक अरु बैंक खुलेनन्

प्रशासन र वाणगंगा नगरपालिकाले अनुमति दिदां समेत वाणिज्य बाहेक अरु बैंक खुलेनन्

प्रकाशित मिति:

जिल्ला प्रशासन कार्यलय कपिलवस्तु र वाणगंगा नगरपालिकाले वाणगंगा नगरभित्रका बैंक तथा वित्तीय संस्थाहरुलाई हप्ताको २ दिन खुल्न अनुमति दिएता पनि नखुलेका पाईएको छ । वाणगंगा नगरपालिकाबाट हप्ताको २ दिन आईतबार र वुधबार बैंक तथा वित्तीय संस्थाले खुल्न अनुमति प्राप्त गरेता पनि राष्ट्रि«य वाणिज्य बैंक बाहेक अरु खुलेको देखिएन् ।

यो समयमा लामो समयदेखि सिङगो देश लकडाउन हुदै जिल्लासमेत शिल हुदां विशेष गरि कृषक वर्ग चिन्तित भएका छन् । कृषकका लागी यो समय विउ विजन लगायतको जोहो गर्ने समय हो ।यतिखेर वाणगंगावासीले विदेशबाट पठाएको पैसा प्राप्त गर्न नसक्दा आफुहरुलाई दुख खेप्नु परेकोे गुनासो गरेका छन् । नगरभित्र एउटा मात्र वैक खुल्दा अत्याधिक भिड भएकाले पठाएको पैसा पनि निकाल्न नपाएको बताउँछन् । “हप्ताको २ दिन भएपनि बैकहरु खुल्ने भयो भने पछि बचत गरेको पैसा प्राप्त गर्न सकिने आशा पलाएको थियो तर त्यो पनि हरायो अव हामी कसरी चल्ने ”भन्दै एक स्थानीयले वैखरी अनलाईनलाई दुखेसो पोखे ।

उता जिल्ला प्रशासन कार्यलय कपिलवस्तुका प्रमुख दीर्घनारायण पौडेलले भने “हामीले नगरसंग समन्वय गरेर हप्ताको दुई दिन बैंक तथा वित्तीय संस्थाहरु खोल्ने अनुमति दिएका छौं । ”

त्यस्तै वाणगंगा नगरपलिकाका उपप्रमुख चक्रपाणि अर्यालले के कति कारणले नखुलको भन्ने विषयमा आफुलाई जानकारी नभएको र साथै यस विषयमा बुझ्ने प्रयास गरेको समेत वैखरीलाई बताए ।

सम्बन्धित् समाचार