गृहपृष्ठ खबर कपिलवस्तुमा गोमन सर्पको टोकाईबाट एकको ज्यान गयो

कपिलवस्तुमा गोमन सर्पको टोकाईबाट एकको ज्यान गयो

कपिलवस्तु जेठ ७-

कपिलवस्तुको शिवपुरमा गोमन सर्पको टोकाईबाट एक युवक ज्यान गएको छ ।

शिवराज नगरपालिका वडा १ बस्ने २० वर्षीय सोनु बिकको ज्यान गएको हो । उहाँलाई गएराती सुतिरहेको बेला विषालु सर्पले टोकेको बुझिएको वडा न १ का अध्यक्ष जगत जिसीले बताउनुभयो ।

उहाँका अनुसार सर्पले टोकेको हो,होईन भनि एकिन गर्दा धेरै समय लागेको र समयमानै उपचार गराउन नसक्दा ज्यान गएको हो ।

राती करिब १२ बजे सर्पले टोकेको भए पनि विहान मात्र उपचारको लागि गरुसिंगे सर्पदशां उपचार केन्द्रमा पु¥याउदा बाटोमै मृत्यु भएको थियो ।

सम्बन्धित् समाचार