लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्न सरकारले गरेको निर्णयलाई समर्थन गरेपछि अभिनेत्री मनीषा कोइरालाबारे नेपाल र भारत दुवैतर्फ चर्चा भइरहेको छ।
विशेषगरी उनको अभिव्यक्तिलाई लिएर भारतीय सञ्चारमाध्यमहरूले गरेको आलोचनाप्रति नेपालीहरूले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्। नेपालीहरूले कोइरालाको मतप्रति ऐक्यबद्धता जनाइरहँदा भारतीयहरूले भने उनलाई ूबलिउड अभिनेत्री भएर नेपालको पक्ष लिएकोू भन्ने लान्छना लगाएका छन्।
नेपाली कलाकारसहित नेताहरू र सर्वसाधारणले समेत कोइरालाको पक्ष लिएका छन्।