गृहपृष्ठ खबर झापाका थप आठ जनामा काेरोना पुष्टि : संक्रमितको संख्या ४५३ पुग्यो

झापाका थप आठ जनामा काेरोना पुष्टि : संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार दिउँसो झापाका आठ र रुपन्देहीका एकसहित ९ जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो ।

बिहीबार बिहान मात्र १७ जनामा कोरोना पुष्टि भएको थियो । झापाका संक्रमित सबै आठैजना पुरुष हुन् । झापाका संक्रमितहरु सबै कचनाकवल गाउँपालिकाको लक्ष्मी देवकोटा माविको क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् ।

बिहीबार चारजना टेकु अस्पतालबाट डिस्चार्ज भएकाा छन् । प्रवक्ता देवकोटाका अनुसार २३ र २५ वर्षीया महिला, ३७ र २७ वर्षीय पुरुष ९ दिन लामो उपचारपछि डिस्चार्ज भएका हुन् ।

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३८ हजार ७ सय ३६ र  आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण गरिएको छ । पल्लिो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार चार सय १३ र आरडीटी विधिबाट तीन हजार ६ सय २३ जनाको परीक्षण गरिएको छ । बिहीबार नै कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

सम्बन्धित् समाचार