कपिलवस्तु कांग्रेस सभापति आर्चायको टोलीले जिल्लाको विभिन्न पालिकामा रहेका क्वारेन्टाईनहरुको अनुगमन गरेको छ ।
विश्वका धेरै मुलुकहरुमा महामारीको रुपमा विस्तार भइसकेको कोरोना भाईरस (कोभिड-१९) को संक्रमणबाट कपिलवस्तु जिल्ला उच्च जोखिममा रहेको वर्तमान परिपेक्ष्यमा सजकता अपनाइ संक्रमण रोक्न कपिलवस्तु नेपाली कांग्रेसका सभापति सुरेन्द्रराज आचार्य, जिल्ला सदस्य माधव पराजुली, नेपाली काँग्रेस कपिलवस्तु क्षेत्र नं. २ का क्षेत्रिय सचिव रोमलाल खनाल सहितको संयुक्त टोलीद्वारा कपिलवस्तु नगरपालिका र यशोधरा नगरपालिकाका विभिन्न वाडहरुमा रहेका क्वारेन्टाईनमा पुगी अनुगमन गरेको हो ।
क्वारेन्टाईनमा रहेका व्यक्ति तथा ठाउँको अवस्था, खाद्यान्न लगायत सबै कुराहरूको अनुगमन कार्य गरेको छ । उक्त अवस्थामा क्वारेन्टाईनमा गास, बास कपास तथा समग्र परिस्थितिको अध्ययन तथा विश्लेषण गरी दुवै स्थान नगरपालिका तथा गाउँपालिकाका सरोकारवाला निकायहरुलाई उक्त स्थानको कमजोरीलाई निराकरण गर्न समेत सुझाव प्रदान गरेको छ ।
सोही अवसरमा कृषि कार्यको लागि किसानलाई मल बीउ बिजन ल्याउन भारतको सिमानाबाट सहज रुपमा ल्याउन र सहजकर्ताका रुपमा सहयोग गर्न कपिलवस्तुका जिल्ला प्रमुख जिल्ला अधिकारीलाई समेत सुझाव प्रस्तुत गरेको छ । वर्तमान कठिन एवं महामारीको जोखिमपूर्ण स्थितिमा निर्वाचित जनप्रतिनिधि समेत उक्त स्थानमा नपुगेको, क्वारेन्टाईनमा रहेका व्यक्तिहरूको १७/१८ दिन सम्म पनि चेकजाँच नहुनु, उक्त स्थानहरुमा खाद्यान्न लुगाकपडा, खानेपानी जस्ता समस्या रहेको र स्वास्थ्यमा खेलवाड गरेको, क्वारेन्टाईनमा बस्ने व्यक्तिलाई सान्तना, उत्साह दिन नसकेको प्रति ध्यानाआर्कषण गराएको छ ।









