वीरगन्ज : कोबिड १९ अस्पताल बनाइएपछि नारायणी अस्पतालबाट नेशनल मेडिकल कलेजमा स्थानान्तरण गरिएका ७ जना मृगौला रोगीको मृत्यु भएको छ । नारायणी अस्पतालबाट स्थानान्तरण गरी मडिकल कलेजमा डायलासिस गराउन थालेको सात हप्तामा ७ जनाले ज्यान गुमाएका हुन् ।
सरकारले कोबिड १९ अस्पताल बनाएपछि नारायणी अस्पतालमा नियमित डायलासिस सेवा लिंदै आएका ४० जना बिरामीलाई अस्पतालले सरकारी दर रेटमै सेवा पाइने भन्दै मेडिकल कलेजमा पठाएको थियो । नारायणी अस्पतालले मेडिकल कलेजमा डायलासिस सेवाका लागि स्थानान्तरण गरेका ४० जनामध्ये ७ जना मृगौला रोगीको मेडिकल कलेजमा डायोलशीश गराउने क्रममै मृत्यु भएको हो ।









